७ श्रावण २०८३, बिहिबार

दिव्यश्वरी हाइड्रोपावर नोक्सानीमा, विद्युत बिक्री आम्दानीमा झिनो सुधार



काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर लिमिटेड अझै नोक्सानीमा देखिएको छ । चालु आर्थिक वर्ष २०७९÷८० को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

सो अवधिमा कम्पनीले ७६ लाख ८६ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । गत वर्षको पुस मसान्तसम्ममा पनि १५ लाख ५६ हजार रुपैयाँ नोक्सानी रहेको थियो ।

सो अवधिमा कम्पनीले ५ करोड २३ लाख ४९ हजार रुपैयाँ बराबरको विद्युत बिक्री आम्दानी गरेको छ । यो गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने ३.७३ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा ५ करोड ४ लाख ६२ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष भने २३ करोड ५ लाख रुपैयाँ ऋणात्मक देखिएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि ऋणात्मक देखिएको छ । कम्पनी प्रतिसेयर आम्दानी २ रुपैयाँ ९१ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ भने १२ रुपैयाँ ६९ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्