सुर्खेतमा कृषि प्राविधिकसहित यति धेरै कर्मचारीको माग… « Arthapath.com
१२ श्रावण २०७९, बिहीबार

सुर्खेतमा कृषि प्राविधिकसहित यति धेरै कर्मचारीको माग…



काठमाडौं । कृषि क्षेत्र विकास कार्यक्रम समन्वय इकाई, सुर्खेतमा कृषि प्राविधिकसहित ४३ जना कर्मचारीको माग भएको छ ।

बिहीवार कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गतको इकाईले सूचना प्रकाशित गरी कृषि प्राविधिक गरी विभिन्न १० पदमा दरखास्त खुल्ला गरेको हो । कृषि प्राविधिक पदमा ३३ जना, सबइन्जिनियरमा २ जना र अन्य ८ पदमा १–१ जना कर्मचारी पदपूर्ति गरिनेछ ।

कार्यक्रमको वेबसाइट वा आवेदन व्यवस्थापन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । न्यूनतम शैक्षिक योग्यता र पाठ्यक्रमबारे जानकारी पाइने सूचनामा उल्लेख गरीएको छ । दरखास्तको समय यही साउन २६ गतेसम्म तोकिएको छ । योग्यताको पूर्वमूल्यांकन एवं प्रतियोगितात्मक परीक्षाबाट कर्मचारी छनोट गरिने सूचनामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्