यस्तो छ विश्वकै पहिलो उड्ने कार, जान्नुहोस् मूल्य « Arthapath.com
१८ कार्तिक २०७७, मंगलवार

यस्तो छ विश्वकै पहिलो उड्ने कार, जान्नुहोस् मूल्य



काठमाडौं । तपाईले हावामा हवाईजहाज उडेको देख्नु भएको छ तर के कार उडेको देख्नु भएको छ । उड्ने कार पनि अब बजारमा आएको छ ।

उड्ने कार चलाउन यूरोपमा अनुमति दिइएको बताइएको छ । पर्सनल एयर ल्याण्ड ह्वीकलले बनाएको यो कार हेर्दा निकै आकर्षक छ ।

यो उड्ने कारलाई हालै यूरोपीय रोड परीक्षण गरिएको थियो । अब यसको आधिकारिक लाइसेन्स प्लेटकासाथ सडकमा चलाउने अनुमति मिलेको छ ।

२०२० फेब्रुअरी देखि लगातार यसमा हार्य स्पीड ब्रेक र ध्वनि प्रदूषण परीक्षण गरिएको छ । उड्ने कारको मूल्य निकै महँगो पर्ने भएको छ । यसको मूल्य ३ लाख ९९ हजार डलर राखिएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्