टाटा मोटर्सको इलेक्ट्रिक गाडी नेक्सन र टिगोरको माग उच्च, प्रत्येक महिना २०० बढी आपूर्ति « Arthapath.com
२ कार्तिक २०७९, बुधबार

टाटा मोटर्सको इलेक्ट्रिक गाडी नेक्सन र टिगोरको माग उच्च, प्रत्येक महिना २०० बढी आपूर्ति



काठमाडौं । टाटा मोटर्सको दुई इलेक्ट्रिक गाडीको माग उच्च रहेको छ । नेपाली बजारमा टाटा मोटर्सका इलेक्ट्रिक गाडी नेक्सन र टिगोरको माग तीब्र रहेको हो ।

कम्पनीले बढ्दो मागलाई ध्यानमा राखेर तीन चरणमा आफ्नो पोर्टफोलियो विस्तारलाई बलियो बनाउने घोषणा गरेको छ ।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग रहेको छ ।

कम्पनीका अनुसार नेपाली बजारको मागलाई प्रभावकारी तवरले परिपूर्ति गर्न हरेक महिना २०० वटा भन्दा बढी गाडीको आपूर्ति गरिरहेको जनाएको छ ।

विद्युतीय गाडी आयातमा वृद्धि हुँदा गाडी बुकिङ गर्ने ग्राहकले समेत धेरै समयसम्म प्रतिक्षा गर्नुपर्ने अवस्था नरहेको कम्पनीले बताएको छ ।

यसैगरी कम्पनीले फोर्ड इन्डिया प्रालिको सनन्द प्लान्ट खरिद गर्न युनिट ट्रान्सफर सम्झौता गरेको छ । प्राविधिक रुपले समुन्नत यसको प्रति वर्ष ४ लाख २० हजार इकाइ विद्युतीय गाडी उत्पादन गर्ने क्षमता हुनेछ ।

कम्पनीले यो प्लान्टमा आवश्यक लगानी यसलाई आफ्नो वर्तमान र भविष्यको भेहिकल प्ल्याटफर्म अनुरुप विकास गर्नेछ । टाटा मोटर्स ले विभिन्न डिजाइन र मूल्यमा उपलब्ध हुने १० वटा विद्युतीय गाडी बजार ल्याउने तयारी गर्दैछ ।

टाटा मोटर्सले नेपालमा नेक्सन र टिगोर मोडेलको विद्युतीय गाडीहरुको बिक्री वितरण प्रारम्भ गरेको एक वर्ष पूरा गरिसकेको छ । चार्जिंग र ग्राहक सेवा सम्बन्धि बृहत पूर्वाधारसहित यी गाडीहरुले निरन्तर बजार विस्तार भइरहेको कम्पनीले बताएको छ ।

आधिकारिक बिक्रेता सिप्रदीले १९ वटा फास्ट चार्जिंग स्टेसन र १०० वटा स्लो चर्जिंग स्टेसनको स्थापना गरेको जनाएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्