टाटा मोटर्सले बढायो गाडीको मूल्य, कति वृद्धि ? « Arthapath.com
२१ कार्तिक २०७९, सोमबार

टाटा मोटर्सले बढायो गाडीको मूल्य, कति वृद्धि ?



काठमाडौं । टाटा मोटर्सले आफ्ना गाडीहरुको मूल्य वृद्धि गरेको छ ।

भारतीय कम्पनीले आज अर्थात नोमेम्बर ७ मा ‘प्यासेन्जर भेइकल्स’को मूल्य ०.९० प्रतिशतले वृद्धि गरेको एजेन्सीले जनाएको छ।

टाटा मोटर्सका अनुसार प्यासेन्जर भेइकल्समा औसतमा ०.९० प्रतिशतको मूल्य बृद्धि भएको छ । जसका आधारमा फरक–फरक गाडीमा फरक –फरक मूल्य निर्धारण भएको छ ।

यो वर्ष टाटाले चौथो पटक मूल्य बढाएको हो । टाटाको प्यासेन्जर भेइकल्स सेगमेन्टमा सफारी, हैरियर, अल्ट्रोज, नेक्सन, टियागो र टिगोरजस्ता गाडीहरु समावेश छन् ।

Tags :

प्रतिक्रिया दिनुहोस्