‘नाडा अटो शो’मा टाटाका विद्युतीय सवारीले तताइरहेको छ माहोल, यस्तो देखियो आकर्षण « Arthapath.com
२८ भाद्र २०८०, बिहीबार

‘नाडा अटो शो’मा टाटाका विद्युतीय सवारीले तताइरहेको छ माहोल, यस्तो देखियो आकर्षण



काठमाडौं । राजधानीमा मंगलबारदेखि सुरु भएको नाडा अटो शो २०२३ चलिरहेको छ । काठमाडौंको भृकुटीमण्डमा चलिरहेको उक्त शोमा अवलोकनकर्ताको उल्लेख्य सहभागित रहेको छ ।

लगातकार तेस्रो दिन पनि शोमा आगनतुकको भीड नै छ । उक्त प्रदर्शनीमा ग्राहकले आ–आफ्नै रोजाईका सवारी साधानको बारेमा बुझिरहेको छ । खरिद गर्नका लागि बुकिङ्ग पनि गरिरहेका छन्।

विशेषगरि विद्युतीय सवारीमा सर्वसाधारण बढी आर्कण देखिएको छ । नाटा अटो शो कै अवसरमा सार्वजनिक भएको टाटाको तीन विद्युतीय सवारीमा उत्तिकै क्रेज देखिएको छ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा टियागो इभी, नेक्सन इभी एक्स जेट प्लस र टाटा पन्च सार्वजनि गरेको थियो । ती गाडीहरुमामा निकै भिड देखिन्छ ।

अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो इभीमा पाँच वटा मुख्य बिशेषताहरु रहेका छन । जसमा कार्यकुशलता, प्रविधि, विश्वास, चार्जिङ्ग र आरामदायीता रहेका छन । क्रुज कन्ट्रोल सहितको टियागो इभीमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प लगायत बिशेषताहरु रहेका छन् । यो गाडीको इन्टेरिएर आरामदायी तथा एक्स्टेरिएर आकर्षक रहेको छ । टियागो इभीको मूल्य २१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यद्यपि, यो सिमित अवधीका लागि मात्र रहेको कम्पनीले जनाएको छ ।

यस्तै, अर्को गाडी नेक्सन इभी एक्स जेट प्लसमा पनि निकै नै आकर्षण देखिएको छ। यो इभीको ब्याट्री क्षमता ४०.५ किलोवाट र रेञ्ज ४५३ किलोमिटर रहेको छ । टियागो इभी जस्त अत्याधुनिक जिपट्रन प्रविधि भएको यस एसयुभीको बनावट आकर्षक रहेको छ । आरामको लागि पावर विन्डो र पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल लगायत अन्य विशेषताहरु भएको नेक्सन इभी एक्स जेट प्लसले अन्य भन्दा उत्कृष्ट सुरक्षाको प्रत्याभूति गर्दछ । सुरक्षाको लागि यसमा एन्टी–लक ब्रेकिङ्ग सिस्टम, चाइल्ड सेफ्टी लक, ट्रयाक्सन जस्ता व्यवस्थाहरु छन् । नेक्सन इभी म्याक्स एक्स जेड प्लसको सुरुवाती मूल्य ४५ लाख ९९ हजार रुपैयाँ राखिएको छ ।

भदौ ३१ गतेसम्म संचालनमा रहने उक्त प्रदर्शनीमा प्रख्यात अन्तराष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुजाका साथै राष्ट्रिय ब्राण्डका नदी सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरूले सहभागिता जनाएका छन् ।

प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङ्ग्रे, २२ वटा बाण्डका दुई पाङग्रे, ७ वटा ब्राण्डका नाइट कमर्शियल भेहिकल, ९ वटा वित्तिय संस्था तथा ३० वटा विकेन्ट, टायर प्याटरी पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहेको छ ।


प्रतिक्रिया दिनुहोस्