व्यवसाय विस्तारमा आक्रामक बिवाइडी, एकै वर्ष बेच्यो ३० लाख २४ हजार युनिट गाडी « Arthapath.com
१८ पुष २०८०, बुधबार

व्यवसाय विस्तारमा आक्रामक बिवाइडी, एकै वर्ष बेच्यो ३० लाख २४ हजार युनिट गाडी



काठमाडौं । चिनियाँ विद्युतीय गाडी निर्माता कम्पनीले बिवाइडीले व्यवसाय आक्रामक रुपमा विस्तार गरेको छ । कम्पनीले एक वर्षमै गाडी बिक्री ६३.२९ प्रतिशतले बढाएको हो ।

कम्पनीले सन् २०२२ मा कुल १८ लाख ६३ हजार ४९४ युनिट गाडी बेचेको थियो । तर, एक वर्षमा थप १ लाख १६ हजार ९२३ युनिट गाडी बिक्री गरेको हो । सन् २०२३ वर्षभरी नै कम्पनीले ३० लाख २४ हजार ४१७ युनिट गाडी बिक्री गरेको जनाएको छ । गत डिसेम्बरमा मात्रै कम्पनीले ३ लाख ४१ हजार ४३ वटा गाडी बिक्री गरेको तथ्याङ्कमा उल्लेख गरेको छ ।

बीवाईडीले सबैभन्दा धेरै कार ब्रान्ढ बिक्री हुने र निर्माताको रुपमा आफ्नो स्थान जमाउन सफल भएको छ । यो वर्ष पनि बीवाइडी पहिलको पटक कार बिक्रीमा विश्वका टप १० को सूचीमा परेको हो । विश्वव्यापी रुपमा नै कम्पनीले निर्यात विस्तार व्यापक रुपमा बढाएको छ ।


प्रतिक्रिया दिनुहोस्