दुई वटा शाखा कार्यालय संचालनका लागि घर भाडामा खोज्दै माछापुच्छ्रे बैंक « Arthapath.com
२६ आश्विन २०७९, बुधबार

दुई वटा शाखा कार्यालय संचालनका लागि घर भाडामा खोज्दै माछापुच्छ्रे बैंक



काठमाडौं । माछापुच्छ्रे बैंकले शाखा कार्यालय संचालका लागि घर बहालमा लिने भएको छ । बैंकले दुई शाखा कार्यालय स्थानान्तरणका लागि घर/फल्याट आवश्यक रहेको जनाएको हो ।

एक सूचना निकाल्दै बैंकले दाङको घोराही र मोरङ्गको टंकिसिनवारी शाखा कार्यालय स्थानान्तरणका लागि घर बहालमा आवश्यक रहेको जनाएको छ ।

उक्त स्थान वरिपरिको प्रमुख व्यापारिक तथा बजार क्षेत्रमा घर/फल्याट बहालमा दिन इच्छुक घरधनीहरुले १५ दिन भित्र निवेदन फराम बुझाउन अनुरोध गरेको छ ।

बैंकका अनुसार घोराही शाखाको लागि २ हजारदेखि ३ हजार वर्गफिट र टंकिसिनवारीका लागि १ हजार १५ सय वर्ग फिट क्षेत्रफल हुनुपर्नेछ ।

प्रस्तावित बहाल क्षेत्र तथा रकम उल्लेख गरि आवश्यक कागजात तथा विवरणहरु स्पष्ट खुलाई बैंकको नजिकैको कार्यालयमा प्रस्ताव पेश गर्न सकिनेछ । विस्तृत जानकारी तथा निवेदन फारम बैंकको वेभसाइटमा पाइनेछ ।

Tags :

प्रतिक्रिया दिनुहोस्