कुमारी बैंकको लाभांश राष्ट्र बैंकद्वारा स्वीकृत, कहिले हुन्छ वितरण ? « Arthapath.com
३० आश्विन २०७९, आईतवार

कुमारी बैंकको लाभांश राष्ट्र बैंकद्वारा स्वीकृत, कहिले हुन्छ वितरण ?



काठमाडौं । कुमारी बैंकको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट सेयरधनीलाई प्रस्ताव गरेको लाभांश वितरणका लागि राष्ट्र बैंकले स्वीकृति दिएको हो ।

बैंकले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । राष्ट्र बैंकले कुमारी बैंकले पेश गरेको गत आवको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण र प्रस्तावित नगद लाभांशलाई स्वीकृति प्रदान गरेको हो ।

अब उक्त लाभांश बैंकको साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ । बैंकले नगद लाभांश मात्र वितरण गर्न लागेको हो ।

Tags :

प्रतिक्रिया दिनुहोस्