प्रभु बैंकले २२ स्थानको जग्गा लीलामीमा बिक्री गर्दै « Arthapath.com
१६ मंसिर २०७७, मंगलवार

प्रभु बैंकले २२ स्थानको जग्गा लीलामीमा बिक्री गर्दै



काठमाडौं । प्रभु बैंकले जग्गा लीलामी गर्ने भएको छ । बैंकले देशभर रहेको विभिन्न २२ स्थानमा रहेको जग्गा लिलामीमा बिक्री गर्ने भएको हो । बैंकले सम्पत्ति धितोमा राखि ऋण लिएर समयमा ऋण चुक्ता नगरेका ऋणीको धितोलाई गैरबैंकिङ सम्पत्ति कायम गरी लिलामी गर्न लागेको हो ।

बैंकले आफ्नो स्वामित्वको गैर बैंकिङ सम्पत्तिलाई लिलामीमा लैजान लागेकोबारे प्रकाशित गरिएको सूचनामा उल्लेख गरिएको छ ।

लिलामीमा सहभागी हुन चाहने व्यक्तिले १ हजारको फाराम र आफूले कबोल गरेको मूल्यको १० प्रतिशत रकम बराबर धरौटी बुझाएर मंसिर २२ भित्र बैंकको केन्द्रीय कार्यालयमा बोलपत्र पेश गर्नुपर्ने उल्लेख गरेको छ । यो बोलपत्र मंसिर २३ मा बैंकको केन्द्रीय कार्यालयस्थित कर्जा असुली विभागमा खोलिनेछ ।


प्रतिक्रिया दिनुहोस्