इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँडः पाँच लाखले पाए ६० कित्ता « Arthapath.com
१६ माघ २०७७, शुक्रबार

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँडः पाँच लाखले पाए ६० कित्ता



काठमाडौं । नेपाल इन्फ्रास्ट्रचर बैंकको आईपीओ आज बाँडफाँड गरिएको छ । शेयर निस्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार ५० कित्तासम्म आवेदन दिने सबैले शेयर पाएका छन् ।

बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता शेयर गोलाप्रथाबाट ५० कित्ताभन्दा बढी आवेदन गर्ने ४ लाख ९२ हजार ७२ जनालाई थप १० कित्ता दरले बाँडफाँड गरिएको छ । बैंकले माघ २ गते देखि ६ गते सम्म जारी पुँजी २० अर्ब रूपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

त्यसमध्ये ०.२० प्रतिशत अर्थात् एक लाख ६० हजार कित्ता शेयर कर्मचारीहरूका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी सात करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणमा आईपीओ जारी गरेको थियो।


प्रतिक्रिया दिनुहोस्