बैंकहरूको औसत सीसीडी रेसियो ७४.३१ प्रतिशत, केही बैंकको किन भयो टाइट ? « Arthapath.com
१८ माघ २०७७, आईतवार

बैंकहरूको औसत सीसीडी रेसियो ७४.३१ प्रतिशत, केही बैंकको किन भयो टाइट ?



काठमाडौं । कोरोनाको कारण अहिले बैंकहरुमा अधिक तरलता बढ्न गएको छ । राष्ट्र बैंकका अनुसार बैंकहरुले सोचेजती लगानी गर्न नसक्दा तरलता बढेको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) छेलोखेलो हुँदा पनि आधा दर्जन बैंकको कर्जा (पुँजी) निक्षेप अनुपात (सीसीडी रेसियो) निकै टाइट देखिएको छ ।

राष्ट्र बैंकका अनुसार ०७७ पुस मसान्तमा बैंकिङ प्रणालीमा १ खर्ब ३० अर्ब रुपैयाँ अधिक तरलता थियो । कोरोना कहरका कारण राष्ट्र बैंकले सीसीडी रेसियो ८५ प्रतिशत पु¥याउँदा पनि हुने व्यवस्था गरेका कारण सीसीडी टाइट हुने बैंकलाई व्यवसाय विस्तारमा केही सहज भएको हो । होइन भने ८० प्रतिशतमाथि सीसीडी रेसियो पु¥याउनेवित्तिकै राष्ट्र बैंकले कारबाही गरिहाल्थ्यो ।

कोरोनाका कारण प्रभावित बैंकिङ क्षेत्रलाई हामीले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सीसीडीमा केही सहुलियत दिएका हौं । २०७७ पुस मसान्तमा बाणिज्य बैंकहरूको औसत सीसीडी रेसियो ७४.३१ प्रतिशत छ । तर, सानिमा, मेगा, प्राइम, एनएमबि र बैंक अफ काठमाण्डूको सीसीडी रेसियो ८० प्रतिशतभन्दा धेरै छ ।

सानिमाको ८२.५, मेगाको ८२.८९, एनएमबिको ८१.९७, प्राइमको ८१.३९ र बैंक अफ काठमाण्डूको ८०.११ प्रतिशत सीसीडी रेसिया छ । मसान्तमा बैंकहरूबाट मोटो रकम बाहिरिएपछि सीसीडी रेसियो टाइट भएको हो । बैंकर्स संघको तथ्यांकअनुसार ४ वटा वाणिज्य बैंकको सीसीडी रेसियोमात्रै ७० प्रतिशतभन्दा कम छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको ६२.२१ प्रतिशत, राष्ट्रिय बाणिज्य बैंकको ६६.७१ प्रतिशत, प्रभु बैंकको ६६.७७ प्रतिशत छ । अन्य १८ बैंकको सीसीडी रेसियो ७० देखि ८० प्रतिशतको बीचमा छ ।

सीसीडी रेसियो धेरै भएका बैंकहरूले निक्षेप बढाउन सकेनन् भने थप कर्जा बढाउन सक्दैनन् । त्यसैले सीसीडी रेसियो टाइटभन्दा अलि कम भएको नै राम्रो मानिन्छ । तर, बैंकरहरूले भने कोरोना कहरको समयमा सीसीडी रेसियो नै खारेज गर्नुपर्ने माग गर्दैआएका छन् ।


प्रतिक्रिया दिनुहोस्