कोरोनाविरुद्ध अघि बढ्दै माछापुच्छ्रे बैंक, अक्सिजन प्लान्ट स्थापनाको गर्न गण्डकी अस्पताललाई ५ लाख सहयोग « Arthapath.com
७ जेष्ठ २०७८, शुक्रबार

कोरोनाविरुद्ध अघि बढ्दै माछापुच्छ्रे बैंक, अक्सिजन प्लान्ट स्थापनाको गर्न गण्डकी अस्पताललाई ५ लाख सहयोग



काठमाडौं । कोरोना माहामारीविरुद्ध माछापुच्छ्रे बैंक अघि बढिरकेको छ । माछापुच्छ्रे बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गण्डकी अस्पताल पोखरालाई अक्सिजन प्लान्ट स्थापनाको लागि ५ लाख सहयोग गरेको छ ।

पछिल्लो समय नेपालमा बढ्दै गइरहेको कोरोना माहामारीको जोखीम न्युनिकरण तथा अक्सिजन अभावलाइ मध्यनजर गर्दै बैंकले सहयोग गरेको हो । बैंकले अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गरेको हो ।

त्यस्तै एक साताअघि प्राइम बैंकले १ सयओटा अक्सिजन सिलिण्डर सहयोग गरेको थियो । बैंकहरुलेपनि सामाजीक उत्तरदायित्वअन्र्तगत कोरोनाविरुद्ध जुटिरहेका छन ।

गण्डकी प्रदेशको मुख्य अस्पताल, गण्डकी अस्पतालमा बतास फाउन्डेसनद्वारा निर्माण गर्न लागिएको अक्सिजन प्लान्टको लागि बैंकले उक्त सहयोग गरेको हो ।

उक्त प्लान्ट स्थापना भएपछि अस्पताललाई आवश्यक पर्ने अक्सिजन उपलब्ध गराउने र यसबाट विरामीलाई प्रत्यक्ष लाभ पुग्नेछ ।

यसैगरी माछापुच्छ्रे बैंकले सुदुरपश्चिम प्रदेशको अत्तरिया स्थित मालाखेती अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर किन्नका लागि ५० हजार सहयोग गरेको छ । अस्पतालमा देखिएको अक्सिजन अभावलाइ मध्यनजर गर्दै बैंकले मालाखेती अस्पताललाई उक्त सहयोग गरेको हो ।

माछापुच्छ्रे बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न समयमा नेपाल सरकार तथा स्थानीय तहहरुमा कोरोना महामारी न्यूनिकरणका लागि सहयोग गर्दै आएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्