बैंक अफ काठमाण्डूले गर्यो ५ लाख रुपैयाँ बीमा दाबी भुक्तानी « Arthapath.com
१३ मंसिर २०७८, सोमबार

बैंक अफ काठमाण्डूले गर्यो ५ लाख रुपैयाँ बीमा दाबी भुक्तानी



काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्ना ग्राहकलाई बीमा दाबी भुक्तानी गरेको छ । बैंक अफ काठमाण्डू लिमिटेडले ‘बिओके सफलता मुद्दती खाता’ खोली बैंकिङ्ग कारोबार गर्दै आएका गोपाल खत्रीलाई दुर्घटनाजन्य पूर्ण अशक्त्तता वापत ५ लाख रुपैयाँ.को बीमा दाबी रकम हस्तान्तरण गरेकोे हो ।

खातावाहक खत्रीको दुर्घटनामा परी पूर्ण रुपमा अशक्त्तता भएकाले बैंकले बीमा सेवा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स कम्पनि लिमिटेडसंग समन्वय गरी रकम हस्तान्तरण गरेको हो ।

बैंकको लुम्बिनी प्रदेशको नेपालगञ्ज प्रादेशिक कार्यालयका प्रमुख गणेश खत्रीले बीमा दाबी रकम बैंकको निक्षेप ग्राहक गोपाल खत्रीलाई हस्तान्तरण गरेका हुन् ।

बैंकले हाल ९१ शाखा कार्यालयहरु, ८२ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्