नेपाल लाइफले पहिलो बीमाशुल्कमा १३ अर्ब नाघ्दै नयाँ कीर्तिमान कायम « Arthapath.com
१ श्रावण २०८३, शुक्रबार

नेपाल लाइफले पहिलो बीमाशुल्कमा १३ अर्ब नाघ्दै नयाँ कीर्तिमान कायम



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ मा १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमाशुल्क (एफपीआई) आर्जन गर्दै नेपाली जीवन बीमा उद्योगमा नयाँ कीर्तिमान कायम गरेको जनाएको छ।

कम्पनीले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरेको विवरणअनुसार यस उपलब्धिसँगै जीवन बीमा क्षेत्रमा पहिलो पटक प्रथम बीमाशुल्क १३ अर्ब रुपैयाँ नाघ्ने कम्पनी बनेको दाबी गरेको छ। यसअघि कम्पनीले अघिल्लो आर्थिक वर्षमा १० अर्ब रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको थियो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यो सफलता कम्पनीप्रति विश्वास गर्ने बीमित, बीमा अभिकर्ता, कर्मचारी, शेयरधनी, सञ्चालक समिति तथा नियामक निकायसहित सम्पूर्ण सरोकारवालाको योगदानबाट सम्भव भएको बताएका छन्।

नेपाल लाइफले पछिल्लो २५ वर्षदेखि जीवन बीमा क्षेत्रमा सेवा विस्तार गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा प्रविधिमैत्री तथा ग्राहककेन्द्रित सेवा विस्तार, नयाँ बीमा योजना विकास, प्रभावकारी लगानी व्यवस्थापन र कर्मचारी तथा अभिकर्ताको क्षमता अभिवृद्धिमा थप जोड दिने जनाएको छ।

कम्पनीले २५ वर्षको यात्रामा हासिल गरेको यो उपलब्धिलाई सबै सरोकारवालाको साझा सफलता भएको उल्लेख गर्दै आगामी दिनमा पनि जीवन बीमा क्षेत्रमा अग्रणी स्थान कायम राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।


प्रतिक्रिया दिनुहोस्