महालक्ष्मी विकास बैंकका ग्राहकलाई भिआईपि क्लव एण्ड लाउन्ज बारेमा छुट « Arthapath.com
२२ फाल्गुन २०७८, आईतवार

महालक्ष्मी विकास बैंकका ग्राहकलाई भिआईपि क्लव एण्ड लाउन्ज बारेमा छुट



काठमाडौं । ग्राहकहरुलाई सरल, सहज र गुणस्तरीय वित्तिय सेवा प्रदान गर्दै आईरहेको यस महालक्ष्मी विकास बैंक लिमिटेड र भि.आई.पि क्लव एण्ड लाउन्ज वार प्रा. ली.बिच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुहुने ग्राहक महानुभावहरुले विभिन्न सेवाहरुमा आकर्षक छुट पाउनुहुनेछ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।त्कार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्