मौद्रिक नीतिमा अर्थशास्त्रीहरुले प्रतिपादन गरेका सबै सिद्धान्त लागु गर्छाैः गभर्नर अधिकारी « Arthapath.com
२० असार २०७९, सोमबार

मौद्रिक नीतिमा अर्थशास्त्रीहरुले प्रतिपादन गरेका सबै सिद्धान्त लागु गर्छाैः गभर्नर अधिकारी



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थशास्त्रीहरुले प्रतिपादन गरेका सबै सिद्धान्त लागु गर्ने पर्ने अवस्था आएको बताएका छन् । पछिल्लो समय अर्थतन्त्र संकटमा पर्न थालेपछि गभर्नर अधिकारीले यस्तो बताएका हुन् । सोमबार आगामी वर्षको मौद्रिक नीतिको सुझाव संकलनका क्रममा राष्ट्र बैंकले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

पछिल्लो समयमा अर्थतन्त्रका प्रायः सबै सूचकमा दबाब रहेकोले विश्वका अर्थशास्त्रीहरुले ल्याएका सिद्धान्तहरु नै प्रयोग गर्ने बताएका हुन् । उनले भने, ‘अहिलेको अवस्था कस्तो हो भने संसारभरका अर्थशास्त्रीले प्रतिपादन गरेका सिद्धान्तहरु प्रयोग यतिबेला नै यही हो जस्तो लाग्न थालेको छ ।’

राष्ट्र बैंकले असार मसान्तमामा मौद्रिक नीति ल्याउने तयारी गरेको छ । तर विभिन्न कारणले साउनको पहिलो साता मात्रै मौद्रिक नीति ल्याउने गभर्नर अधिकारी जानकारी दिए ।

अर्थतन्त्रमा बचत कमजोर हुँदै जाने र फजुल खर्चहरु बढ्दै गएको गभर्नर अधिकारीले बताए । उनले फजुल खर्च गर्ने प्रवृत्तिमा सुधार नआएको बताए । अर्थतन्त्र आयातमुखी भएकाले अर्थतन्त्रको बाह्य क्षेत्रमा निकै ठूलो दबाब बढेको उनले बताए । यो वर्ष करिब ३ खर्ब रुपैयाँ ‘आउट फ्लो’ भएको उनको भनाइ छ ।

बैंकको ब्याजदर बढ्दै जाने संकेत भएकाले उद्योगी व्यवसायीहरुले सहनुपर्ने उनले बताए । गभर्नर अधिकारीले सरकार, राष्ट्र बैंक निजी क्षेत्र सबै मिलेर अर्थतन्त्रलाई लयमा ल्याउनुपर्ने अहिलेको आवश्यकता रहेको बताए । आगामी आर्थिक बर्षका लागि मौद्रिक नीतिहरु सर्पपनि मरोस्, लठ्ठी पनि नभाँचियोस् भन्ने गरी ल्याउनुपर्ने अवस्था रहेको बताए ।


प्रतिक्रिया दिनुहोस्