एभरेष्ट बैंकलेको ऋणपत्र बिक्रि खुला « Arthapath.com
१८ श्रावण २०७९, बुधबार

एभरेष्ट बैंकलेको ऋणपत्र बिक्रि खुला



काठमाडौं । एभरेष्ट बैंकले आज (साउन १८ गते) देखि ऋणपत्र बिक्रि खुला गरेको छ । बैंकले १००० अंकित दरका २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।

२० लाख कित्ता मध्ये ८ लाख कित्ता सर्बसाधारणलाई बिक्रि हुने छ भने बाँकि १२ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्रि हुने छ । सर्बसाधारणलाई बिक्रि गरिने ८ लाख कित्ता मध्ये सामुहिक लगानी कोषहरुलाई ४० हजार कित्ता छुट्याईएको छ । यस ऋणपत्रमा छिटोमा साउन २२ गतेसम्म र सो अवधिसम्ममा पुरै आवेदन नपरेमा भदौ १ गतेसम्म आवेदन दिन सकिने छ ।

आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । ऋणपत्र निष्काशनको लागि लक्ष्मी क्यापिटल बिक्रि प्रन्बंधक रहेको छ ।

६ वर्षे अवधिको यस ऋणपत्र बैंकले १०.५ प्रतिशत ब्याज प्रदान गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्