बैंक अफ काठमाण्डूले भदौ २ गतेबाट ऋणपत्र बिक्री गर्ने « Arthapath.com
२४ श्रावण २०७९, मंगलवार

बैंक अफ काठमाण्डूले भदौ २ गतेबाट ऋणपत्र बिक्री गर्ने



काठमाडौं । बैंक अफ काठमाण्डूले भदौ २ गतेबाट ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा १ अर्ब १० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको हो ।

जस मध्ये ६ लाख ६० हजार युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी ४ लाख ४० हजार युनिट सर्वसाधारणका लागि खुला हुनेछ । यसबाट सामूहिक लगानी कोषलाई ५ प्रतिश छुट्याएको छ भने सामूहिक लागानी कोषहरुले कुल २२ हजार इकाई पाउनेछन् ।

यस ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइनेछ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले ७ वर्ष अवधिको बिओके डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले गर्नेछ ।

यो ऋणपत्रमा छिटोमा भदौ ७ गते सम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने भदौ १६ गतेसम्म भर्न सकिनेछ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्