प्रतिकित्ता १४० रुपैयाँमा भदौं १० गतेदेखि प्रभु बैंकको शेयर बिक्रीमा « Arthapath.com
२ भाद्र २०७९, बिहीबार

प्रतिकित्ता १४० रुपैयाँमा भदौं १० गतेदेखि प्रभु बैंकको शेयर बिक्रीमा



काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याउने भएको छ । बैंकले संस्थापक समूह तर्फको ५० हजार कित्ता शेयर भदौ १० गतेदेखि बिक्री गर्ने लागेको हो ।

उक्त शेयरको न्यूनतम मूल्य १४० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मुल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।

बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक संस्थापक शेयरधनी वा अन्य जोकोहि ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी भदौ १७ गतेसम्म बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नक्साल काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

यस अघि बैंकले विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिदै खरिदका लागि ३५ दिन सूचना प्रकाशित गरेकोमा सो अवधि भित्र कुनै पनि आवेदन नपरेपछि अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाएको हो ।


प्रतिक्रिया दिनुहोस्