सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा पुन: श्रेष्ठ नियुक्त « Arthapath.com
५ भाद्र २०७९, आईतवार

सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा पुन: श्रेष्ठ नियुक्त



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः सुयोग श्रेष्ठलाई नियुक्त गरेको छ ।

बैंकको भदौ ५ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई दाेेेेेे कार्यकालकाे लागी सीईओको जिम्मेवारी दिएको हो । भदौ १७ गतेदेखि लागू हुने गरी उनको दाेस्राे कार्यकाल ४ वर्षका लागि हुने छ ।

साग्रिला बैंक प्रवेश गरेसँगै उत्कृष्ट नजिता दिन सफल श्रेष्ठलाई संचालक समितिले फेरी दोस्राे कार्यकालको जिम्मेवारी दिएको हो । श्रेष्ठकाे पहिलाे कार्यकाल यही भदाै १६ गते सकिनेछ ।

श्रेष्ठले त्रिभुुवन विश्व विद्यालयबाट ब्यवस्थापनमा स्नातक तथा ईन्सिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ ईन्डीया, नयां दिल्लीबाट चार्टर्र्ड एकाउन्टेन्ट उत्तीर्ण गरेका छन् ।

यसरी बिभिन्न कर्मर्सियल बैंक तथा विकास बैंकको जिम्मेवारपूर्ण पदमा रही लामो बैंकिङ अनुुभव हासिल गरेका श्रेष्ठको पुन: थप गरीएको कार्यकाल तथा नयाँ नेतृत्वले सांग्रिला डेभपलमेन्ट बैंकलाई थप सफलता तथा उचाई प्रदान हुने संचालक समितिले विश्वास लिईएको छ ।


प्रतिक्रिया दिनुहोस्