घर किन्ने सोचमा हुनुहुन्छ ? नबिल बैंकले दिन्छ ७० प्रतिशतसम्म ऋण ! « Arthapath.com
२ आश्विन २०७९, आईतवार

घर किन्ने सोचमा हुनुहुन्छ ? नबिल बैंकले दिन्छ ७० प्रतिशतसम्म ऋण !



काठमाडौं । नबिल बैंकले घर खरिदका लागि ७० प्रतिशतसम्म कर्जा दिने भएको छ । बैंकले दशैं, तिहारको अवसरमा पहिलो घर खरिदकर्ताका लागि मूल्याङ्कनको ७० प्रतिशतसम्म कर्जा दिने अफर ल्याएको हो ।

बैंकले चाडपर्व लक्षित दशैं तिहार घर कर्जा धामाका अफर अन्तर्गत उक्त सुविधा दिएको छ । यो सामान्य अवस्थामा भने ६० प्रतिशतसम्मको कर्जा व्यवस्था रहेको छ ।

यसका साथै बैंकले घर खरिद, घर निर्माण, तल्ला थप, रंग रोगनका लागि पनि कर्जा दिने बैंकले जनाएको छ । नबिल घर कर्जा ३५ वर्षसम्म अवधि रहेको छ ।

जसअन्तर्गत घर कर्जामा सरल र सानो किस्ताबन्दीबाट पनि कर्जा चुक्ता गर्न सकिने बैंकले जनाएको छ । यसका साथै बैंकले आकर्षक ब्याजदरका साथ प्रशासनिक शुल्कमा छुट, निःशुल्क क्रेडिट कार्ड आयोजना पनि ल्याएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्