राष्ट्र उत्थान लघुवितको मुनाफामा गिरावट, चुक्तापूँजी २६ करोड पुग्दा प्रतिशेयर आम्दानी कति ? « Arthapath.com
१६ कार्तिक २०७९, बुधबार

राष्ट्र उत्थान लघुवितको मुनाफामा गिरावट, चुक्तापूँजी २६ करोड पुग्दा प्रतिशेयर आम्दानी कति ?



काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार लघुवित्तको खुद नाफामा ओरालो लागेको छ ।

असोज समान्तसम्मको अवधिमा लघुवित्तको खुद नाफा ६९.४६ प्रतिशतले घटेर ३८ लाख २३ हजार रुपैयाँमा खुम्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको मुनाफा १ करोड २५ लाख १७ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी र संचालन नाफामा नकारात्मक सूचक देखा पर्दा मुनाफा समेत प्रभावित बनेको हो । समिक्षा अवधिमा लघुवित्तको संचालन नाफा ६७.२५ प्रतिशतले घटेर ५० लाख ९ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको संचालन नाफा १ करोड ५२ लाख ९३ हजार रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासम्ममा ५ करोड १२ लाख ९३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा खुद ब्याज आम्दानी ७.६४ प्रतिशतले घटेर ४ करोड ७३ लाख ७५ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको चुक्तापूँजी २६ करोड रुपैयाँ, जगेडा कोष ४२.४१ प्रतिशतले बढेर १८ करोड ५९ लाख ७७ हजार रुपैयाँ, सापटी १६.२३ प्रतिशतले बढेर २ अर्ब ३५ करोड ४८ लाख ८३ हजार रुपैयाँ, निक्षेप संकलन २६.२९ प्रतिशतले बढेर ८५ करोड ६६ लाख ३८ हजार रुपैयाँ रहेको छ ।

लघुवित्तकोे प्रतिसेयर आम्दानी ५ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ५३ पैसा रहेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्