ग्लोबल आइएमई लघुवित्तको शेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ? « Arthapath.com
१८ कार्तिक २०७९, शुक्रबार

ग्लोबल आइएमई लघुवित्तको शेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?



काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ६ हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

बैंकका संस्थापक शेयरधनी ऋषिराज गौतमले आफ्नो नाममा रहेको शेयर बिक्रीमा लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (कात्तिक १८ गते) ले ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय पोखरा–२६ विजयपुर, कास्कीमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र विद्यमान संस्थापकहरुबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा उक्त शेयर प्रचलित नियमानुसार अन्य व्यक्ति तथा संघ संस्थालाई बक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्