थप दुई कम्पनीद्धारा लाभांश घोषणा, कुनको कति ? « Arthapath.com
८ मंसिर २०७९, बिहीबार

थप दुई कम्पनीद्धारा लाभांश घोषणा, कुनको कति ?



काठमाडौं । गत आर्थिक वर्षको मुनाफा अधिकांश कम्पनीहरुले आफ्ना शेयरधनीहरुलाई लाभांश खुवाइरहेका छन् । अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले लाभांश घोषणा गरी रहदाँ आज अर्थात मंसिर ८ गते २ कम्पनीहरुले लाभांश प्रस्ताव गरेका छ । आज शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र युनाईटेड इदी मर्दि एण्ड आर बि हाइड्रोपावरले लाभांश प्रस्ताव गरेका हुन ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक
बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट १४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । बैंकको कात्तिक ७ गते बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।

युनाईटेड इदी मर्दि एण्ड आर बि हाइड्रोपावर
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको मंसिर ७ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १०.५२६ प्रतिशत नगद लाभांश कर प्रयोजका लागि सहित वितरण गर्ने घोषणा गरेको हो ।

साधारणसभा प्रयोजन र लाभांश प्रयोजनका लागि कम्पनीले मंसिर १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको हुदाँ मंसिर १५ गतेसम्म कायम शेयरधनीहरुले मात्र प्रस्तावित लाभांश प्राप्त गर्ने सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्