११ वाणिज्य बैंकहरुको लाभांश घोषणा हुन् बाँकी, क्षमता अनुसार बनाउलान् त सेयरधनीलाई फुरुङ्ग ? « Arthapath.com
२२ मंसिर २०७९, बिहीबार

११ वाणिज्य बैंकहरुको लाभांश घोषणा हुन् बाँकी, क्षमता अनुसार बनाउलान् त सेयरधनीलाई फुरुङ्ग ?



काठमाडौं । लाभांश सिजन चलिरहेको छ । बैंक तथा वित्तीय कम्पनीहरुले धमाधम आफ्ना सेयरधनीहरुलाई लाभांश वितरणको घोषणा गरिरहेका छन् ।

संचालनमा रहेका २६ वटा वाणिज्य बैंकहरुमध्ये हालसम्म १५ बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांँश वितरणको घोषणा गरेका हुन् । अब लाभांश घोषणा गर्न बाँकी ११ वटा बैंकहरु रहेका छन् ।

गत आवको मुनाफाबाट हालसम्म सिटिजन बैंक, कुमारी बैंक, सानिमा, नेपाल क्रेडिट एण्ड कर्मश (एनसीसी) बैंक, ग्लोबल आइएमई, बैंक अफ काठमाण्डू, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेन्ट, एभरेष्ट, प्रभु, नेपाल एसबिआइ, मेगा, सेञ्चुरी कमर्सियल बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंकले लाभांश घोषणा गरेका हुन् । गत आवको मुनाफाबाट अधिकांश बैंकले बोनस सेयरमा भन्दा नगदमा जोड दिएका छन् । यस वर्ष आफ्ना लगानीकर्तालाई धेरै बैंकले नगद लाभांश मात्रै वितरण गर्ने भएका हुन् ।

जसमध्ये सिटिजन्स बैंक, एनसीसी र कुमारी बैंकले साधारण सभा सम्पन्न गरेर लाभांश वितरणको प्रस्ताव पनि पारित गरिसकेका छन् । यी तीनै वटा बैंकले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई क्रमशः ९ प्रतिशत, ११ र १२.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेका थिए ।

यस्तै, गत आवको मुनाफाबाट सानिमा बैंकले १०.९८ प्रतिशत (१० प्रतिशत बोनस र ०.९८ नगद ), ग्लोबल आइएमई बैंकले ३ प्रतिशत बोनस र १०.६० प्रतिशत नगद गरि कुल १३.६० प्रतिशत, बैंक अफ काठमाण्डूले ६ प्रतिशत बोनस र १४.९५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

त्यसैगरि गत आवको मुनाफाबाट स्ट्याण्डर्ड चार्टर्ड बैंकले १६.५१ प्रतिशत नगद लाभांश मात्रै, नेपाल इन्भेष्टमेन्ट बैंकले ४ प्रतिशत बोनस र ७ प्रतिशत नगद लाभांश, एभरेष्ट बैंकले १३ प्रतिशत बोनस र ७.६८ प्रतिशत नगद गरि कुल २०.६८ प्रतिशत, प्रभु बैंकले ८ प्रतिशत (६.५ प्रतिशत बोनस र १.५० प्रतिशत नगद) र मेगा बैंकले भने ४ प्रतिशत बोनस र ३.८३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेका छन् । नेपाल एसबिआई बैंकले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश दिने भएको छ । बैंकले ७ प्रतिशत बोनस र कर प्रयोजनका लागि ३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

यता, गत आवको मुनाफबाट सेञ्चुरी बैंकले भने ५ प्रतिशत मात्रै लाभांश वितरण गर्ने भएको छ । बैंकले सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

एनएमबि बैंकले भने आफ्ना सेयरधनीलाई ८.२५ प्रतिशत नगद लाभांश( करा समेत) सिद्धार्थ बैंकले १ञ्२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६६ प्रतिशत नगद गरि कुल १३.१६ प्रतिशत लाभांश वितरण गर्ने भएका हुन् ।

बैंकहरुले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकहरुको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

११ बैंकको लाभांश घोषणा हुन् बाँकी, कसले कति दिन सक्छ ?

गत आवको मुनाफबाट ११ वटा वाणिज्य बैंकहरुले लाभांश घोषणा गर्न बाँकी छ । यी बैंकहरुले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गर्ने तयारी रहेका छन् ।

हामीले गत आवको चौंथो त्रैमासिक वित्तीय विवरणका आधारमा यसव वर्ष कुन बैंकले कति लाभांश दिन सक्छन् भनेर तथ्याङ्क केलाउने प्रयास गरेका छौं । यद्यपि, कुनै पनि कम्पनीहरूले आफ्नो नाफाको एक भाग लाभांशको रूपमा आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने गर्दछन् । बाँकी भागलाई व्यवसायमा पुनः लगानी गर्नका लागि राख्छन ।

केहि बैंकले धेरै लाभांश दिने क्षमता हुँदाहुँदै पनि सेयरधनीलाई कम मात्र लाभांश दिने गरेका छन् । बाँकी आफैले व्यवसाय विस्तारमा केन्द्रित हुने गर्दछन् । तर, केही बैंकले भने लाभांश क्षमताको अधिकतम बिन्दुमा पुगेर पनि वितरण गरेको पाइन्छ ।

नबिल बैंक
नबिल बैंक पनि लगानीकर्ताको रोजाईमा पर्ने बैंक हो । बैंक लगानीकर्ताका लागि आकर्षक लाभांश वितरण गर्दै आएको छ । बैंकले यस वर्ष आफ्ना सेयरधनीलाई उच्च प्रतिफल वितरण गर्ने देखिएको छ । बैंकको गत आवको चौंथो त्रैमासिक वित्तीय विवरण अनुसार यस वर्ष ३९.९४ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्दछ । बैंकको गत वर्षको चौंथो त्रैमासमा वितरण योग्य मुनाफा ९ अर्ब १२ करोड १ लाख रुपैयाँ रहेको छ । बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड २९ लाख ९ हजार रुपैयाँ रहेको छ । जसका आधारमा बैंकले सो लाभांश दिन सक्ने क्षमता राख्दछ ।

एनआईसी एशिया बैंक

गत आवको मुनाफाबाट एनआईसी एशिया बैंकले आफ्ना सेयरधनीहरुलाई ३३.२६ प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्दछ । गत आवको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकले उक्त लाभांश दिन सक्नेछ । गत आवको चौथो त्रैमसिक वित्तीय विवरण अनुसार बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार रुपैयाँ छ भने बैंकको वितरण योग्य नाफा २ अर्ब २४ करोड ६४ लाख ३८ हजार रुपैयाँ रहेका छ । यसका आधारमा बैंकले यस वर्षका लागि आफ्ना सेयरधनीहरुलाई अधिकतम ३३.२६ प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्दछ ।

कृषि विकास बैंक

कृषि विकास बैंकले यस वर्ष आफ्ना सेयरधनीहरुलाई २९.६३ प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्दछ । गत वर्षको चौंथो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको चुक्ता पुँजी १३ अर्ब १८ करोड ७९ लाख १५ हजार रुपैयाँ रहेको छ । यता, बैंकको वितरण योग्य नाफा भने ३ अर्ब ९० करोड ६९ लाख ९० हजार रुपैयाँ रहेको छ । यसका आधारमा नै बैंकले सो लाभांश दिन सक्ने क्षमता राख्दछ ।

नेपाल बैंक

गत आवको मुनाफाबाट नेपाल बैंकले भने २४.७४ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्दछ । बैंकको गत आवको चौंथो वित्तीय विवरणले यस्तो देखाएको हो । गत आवको सो अवधिमा बैंकको चुक्ता पुँजी १४ अर्ब ४० करोड ५९ लाख ४ हजार रुपैयाँ, वितरण योग्य नाफा पनि १ अर्ब ५४ करोड ६६ लाख ८४ हजार रुपैयाँ रहेको छ । चुक्ता पुँजी र वितरण योग्य नाफाका आधारमा बैंकले यस वर्ष आफ्ना सेयरधनीहरुलाई २४.७४ प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्दछ ।

हिमालयन बैंक

हिमालयन बैंकले भने यस वर्षका लागि २०.६२ प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्दछ । गत आवको चौंथो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको चुक्ता पुँजी १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार रुपैयाँ र वितरण योग्य नाफा २ अर्ब ६६ करोड १५ लाख ९२ हजार रुपैयाँ रहेको छ । यसका आधारमा भने बैंकले सो लाभांश दिन सक्ने देखिएको हो ।

राष्ट्रिय वाणिज्य बैंक
गत आवको मुनाफाबाट राष्ट्रिय वाणिज्य बैंकको भने २०.३० प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्दछ । बैंकको चुक्ता पुँजी र वितरण योग्य नाफाको आधारमा उक्त लाभांश दिन सक्ने क्षमता देखिएको हो । गत आव चौंथो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको चुक्ता पुँजी १४ अर्ब ९४ करोड ३ लाख ५९ हजार रुपैयाँ र वितरण योग्य नाफा भने ३ अर्ब ३ करोड २३ लाख ७३ हजार रुपैयाँ रहेको छ । जसका आधारमा बैंकले सो लाभांश वितरण गर्न सक्ने क्षमता राख्दछ ।

माछापुछे« बैंक

माछापुछे« बैंकले १२.९५ प्रतिशत लाभांश दिने क्षमता बनाएको छ । गत आवको चौथो त्रैमासिक वित्तीय रिर्पोटका आधारमा बैंकले यस वर्षका लागि सो लाभांश वितरण गर्न सक्ने क्षमता राख्दछ । गत आवको चौंथो त्रैमासमा बैंकको चुक्तापूँजी १० अर्ब २५ करोड ७१ लाख ५५ हजार र वितरण योग्य नाफा १ अर्ब ३२ करोड ८४ लाख ५ हजार रुपैयाँ रहेको छ ।

प्राइम कर्मसियल बैक

प्राइम कर्मसियल बैकले यस वर्षका लागि आफ्ना सेयरधनीहरुलाई १२.५८ प्रतिशत लाभांश दिन सक्ने छ । गत आवको चौंथो त्रैमासिक वित्तीय रिर्पोटका आधारमा सो लाभांश वितरण गर्न सक्ने क्षमता राख्दछ । गत आवमा बैंकको चुक्ता पूँजी १८ अर्ब ६५ करोड ६३ लाख २२ हजार रुपैयाँ र वितरण योग्य नाफा २ अर्ब ३४ करोड ६४ लाख ४ हजार रुपैयाँ रहेको छ ।

सिभिल बैंक

यस वर्षका लागि सिभिल बैंक ११.०९ प्रतिशत लाभांश दिन सक्नेछ । गत आवको चौंथो त्रैमासिक वित्तीय विवरणका आधारमा बैंकले आफ्ना सेयरधनीलाई उक्त लाभांश दिन सक्ने क्षमता राख्दछ । गत आवको वित्तीय रिर्पोट अनुसार बैंकको चुक्तापूँजी ९ अर्ब ७ करोड ५८ लाख ४४ हजार रुपैयाँ र वितरण योग्य नाफा १ अर्ब ६३ लाख ९ हजार रुपैयाँ रहेको छ । सोहि आधारमा बैंकले शेयरधनीहरुलाई ११.०९ प्रतिशत लाभांश दिन सक्छ ।

लक्ष्मी बैंक

यस वर्ष लक्ष्मी बैंकले १०.८७ प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्दछ । गत आवको मुनाफाबाट बैंकले आफ्ना सेयरधनीहरुलाई सो लाभांश वितरण गर्न सक्नेछ । किनकी गत आवको चौंथो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको चुक्ता पूँजी ११ अर्ब ५५ करोड १३ लाख ४५ हजार रुपैयाँ र वितरण योग्य नाफा १ अर्ब २५ करोड ५२ लाख १ हजार रुपैयाँ रहेको छ । यसकै आधारमा बैंकले सो लाभांश दिन सक्नेछ ।

सनराइज बैंक
यता सनराइज बैंकले भने २.५३ प्रतिशत लाभांश दिने क्षमता राख्दछ । बैंकको लाभांश दिने क्षमता वाणिज्य बैंकहरु मध्य कैं सबै भन्दा कम हो । बैंकको चुक्ता पुँजी १० अर्ब ११ करोड ८८ लाख ९२ हजार रुपैयाँ र वितरण योग्य नाफा २५ करोड ६१ लाख १६ हजार रुपैयाँ रहेको छ । यसका आधारमा बैंकले सो लाभांश दिन सक्नेछ ।


प्रतिक्रिया दिनुहोस्