बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर स्थिर, मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता « Arthapath.com
२९ मंसिर २०७९, बिहीबार

बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर स्थिर, मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले आगामी पुस महिनामा लागू हुने ब्याजदर प्रकाशित गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुले भोलिदेखि लागू हुनेगरि (पुस महिनाका लागि) मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिँदै विभिन्न खाताको ब्याजदर प्रकाशित गरेका हुन् ।

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको मंगलबार बैठकले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेको थियो । सोही बमोजिम नै बैंक तथा वित्तीय संस्थाहरुले मंसिरकै ब्याजदरलाई कायम राखि प्रकाशित गरेका हुन् ।

बैंकहरुले मंसिर महिनामा अधिकतममा १२.१३ प्रतिशत ब्याजदर प्रदान गर्दै आएका थिए । पुसमा पनि सोही ब्याजदरमा निक्षेप संकलन गर्ने भएका हुन् । बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर १२.१३३ प्रतिशत तथा बचतको न्युनतम ७.१३३ प्रतिशत र अधिकतम ९.१३३ प्रतिशतसम्म कायम भएको छ ।

विकास बैंकहरुले गत महिना ब्याजदर १३ प्रतिशतबाट १२.८५ प्रतिशतमा झारेका थिए । पुस महिनामा पनि अधिकांश विकास बैंकहरुले सोही ब्याजदरलाई निरन्तरता दिने भएका छन् । अधिकांश फाइनान्स कम्पनीहरुले अधिकतममा १३.३५ प्रतिशत ब्याजदर प्रदान गर्ने भएका छन्।


प्रतिक्रिया दिनुहोस्