बैंकहरुले अब कर्जा असुलीको लागि सार्वजनिक सूचना जारी गर्दा व्यक्तिको फोटो राख्न नपाउने « Arthapath.com
२६ माघ २०७९, बिहीबार

बैंकहरुले अब कर्जा असुलीको लागि सार्वजनिक सूचना जारी गर्दा व्यक्तिको फोटो राख्न नपाउने



काठमाडौं । अब कर्जा असुलीका लागि सार्वजनिक सूचना जारी व्यक्तिको फोटो प्रकाशन गर्न नपाईने भएको छ ।

बैंकहरुले कर्जा असुलीको लागि सार्वजनिक सूचना जारी गर्दा व्यक्तिको फोटो राख्न नपाउने भएका हुन् । नेपाल राष्ट्र बैंकले आज एक निर्देशन जारि गर्दै यस्तो व्यवस्था गरेको हो ।

एक वर्ष भन्दा बढी अवधिको लागि प्रवाह भएको कर्जा असुलीको लागि सार्वजनिक सूचना तथा धितो लिलामीको कारबाही सुरु गर्नु अघि कर्जाले भाखा नाघेको कम्तीमा ६ महिना व्यतित भई शंकास्पद वर्गमा वर्गीकरण भएको हुनु पर्ने राष्ट्र बैंकले जनाएको छ ।

यसअघि नेपाल उद्योग वाणिज्य संघ लगायतका निजि क्षेत्रका संगठनहरुले कर्जा असुलीको लागि सार्वजनिक सूचना प्रकाशित गर्दा फोटो राख्न नदिन माग गर्दै आएका थिए ।


प्रतिक्रिया दिनुहोस्