एनआईसी एशिया बैंकले ल्यायो मोबाइल फोनबाटै लोन लिने सुविधा « Arthapath.com
१३ फाल्गुन २०७९, शनिबार

एनआईसी एशिया बैंकले ल्यायो मोबाइल फोनबाटै लोन लिने सुविधा



काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एपबाटै डिजिटल रूपमा कर्जा प्रदान गर्ने गरी एनआईसी एसिया फोनलोन सेवा शुभारम्भ गरेको छ ।

बैंकका ग्राहकहरूले मोबाइल एपमार्फत बिना कुनै कागजी प्रक्रिया, धितो एवं भौतिक रूपमा बैंकका शाखा उपस्थित नभई अधिकतम रु. २ लाखसम्मको पूर्वस्वीकृत कर्जाको लाभ उठाउन सक्ने बैंकले जनाएको छ । बैंकले ल्याएको यस नयाँ सेवाबाट ग्राहक महानुभावहरूले १ महिनादेखि १२ महिनासम्मको मासिक किस्ताबन्दीमा कर्जा प्राप्त गर्न सक्नेछन् ।

यस बैंकमा रहेको तलब बचत खाता, नियमित कारोबार एवं यस बैंकमा बक्यौता कर्जा नरहेको लगायत अन्य केही शर्त एवं मापदण्डको आधारमा ग्राहकहरूले कर्जा सेवा उपभोग गर्न सक्नेछन् । कर्जा लिन योग्य ग्राहकले मोबाइल बैंकिङ्ग एपमा लगइन गरी त्यहाँ उल्लेखित एनआईसी एसिया फोनलोनमा दर्ता सम्पन्न गरी कर्जाको प्रक्रिया अगाडि बढाउन सक्नेछन् ।

Tags :

प्रतिक्रिया दिनुहोस्