गरिमा विकास बैंकले वित्तीय साक्षरता सम्बन्धि विशेष भिडियो सार्वजनिक « Arthapath.com
५ जेष्ठ २०८०, शुक्रबार

गरिमा विकास बैंकले वित्तीय साक्षरता सम्बन्धि विशेष भिडियो सार्वजनिक



काठमाडौं । गरिमा विकास बैंकले वित्तीय साक्षरता सम्बन्धी विशेष भिडियो सार्वजनिक गरेको छ ।

आजभोली वित्तीय साक्षरताको अभावले नेपालमा डिजिटल ठगी सम्बन्धि विभिन्न घटनाक्रमहरु बढ्दै गईरहेको छ । यस्ता ठगहरुले सामाजिक संजाल एवं अनलाईन एपहरुको माध्यमबाट चिट्ठा परेको छ भन्दै विभिन्न प्रलोभन देखाई ठगी गरिरहेको पाईएको छ ।

वित्तीय साक्षरता एवं जागरुकताको अभावले हुने यस्ता खाले ठगीमा प्राय सबै उमेर समूहहरु फस्ने गर्दछन् । यसलाई मध्यनजर गर्दै यस विकास बैंकले आफ्नो आधिकारीक युटुब एवं अन्य सामाजिक संजालमार्फत डिजिटल ठगी सम्बन्धि जनचेतनामुलक भिडियो सार्वजनिक गरेको छ ।

२ मिनेट लामो भिडियोमा एक शिक्षित युवा पनि कसरी यस्ता ठगीमा फस्न सक्छ भन्ने विषय देखाईएको छ । बैंकले उक्त भिडियोको प्रभावले आगामी दिनमा हुनसक्ने सम्भावित ठगीबाट केहि हदसम्म आम वित्तीय सेवा उपभोत्ता समुदायहरु थप सचेत हुने विश्वास बैंकले राखेको छ ।


प्रतिक्रिया दिनुहोस्