कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई पोशाक वितरण « Arthapath.com
१८ असार २०८०, सोमबार

कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई पोशाक वितरण



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले झापाको विद्यालयका विद्यार्थीहरुलाई पोशाक हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय दमक मार्फत झापा, पाडाजुङ्गी स्थित श्री गुह्येश्वरी आधारभूत विद्यालयलाई असार १८ गते (आज) पोशाक हस्तान्तरण गरेको हो ।

उक्त विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरु भूमिहिन, बाढिपिडित, सुकुम्वासी, दलित, जनजाती, आदिवासी समुदायका भएका र आर्थिक अवस्था कमजोर भएका छात्रछात्राहरुलाई सो पोशाक निःशुल्क रुपमा वितरण गरेको कम्पनीले जानकनरी दिएको छ ।

बैंकको कोशी प्रदेशका प्रदेश प्रमुख खिम लाल भुषालले श्री गुह्येश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद खनाललाई उक्त पोशाकहरु हस्तान्तरण गरेका हुन् । कार्यक्रममा विद्यालयका अन्य शिक्षक, विद्यार्थी, स्थानीय महानुभावहरुका साथै बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्