आरएसडीसी लघुवित्तको मुनाफा ११ करोड १६ लाख माथि, अधिकांश सूचकमा सुधार, प्रतिसेयर आम्दानी कति ? « Arthapath.com
३ श्रावण २०८०, बुधबार

आरएसडीसी लघुवित्तको मुनाफा ११ करोड १६ लाख माथि, अधिकांश सूचकमा सुधार, प्रतिसेयर आम्दानी कति ?



काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफामा सुधार देखिएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्म कम्पनीको खुद नाफा ५.७१ प्रतिशत ले बढेर ११ करोड १६ लाख ४५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सो अवधिमा कम्पनीले १० करोड ५६ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र संचालन नाफामा सुधार आउदा कम्पनीको मुनाफा पनि बढ्न गएको हो । कम्पनीको खुद ब्याज आम्दानी १९.२० प्रतिशतले बढेर २८ करोड ४८ लाख ५२ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षमा २३ करोड ९० लाख ३५ हजार रुपैयाँमा सिमित रहेको थियो ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिकसम्ममा १५ करोड ४ लाख ४१ हजार रुपैयाँ रहेको कम्पनीको संचालन नाफा समिक्षा अवधिसम्म आइपुग्दा ५.८८ प्रतिशतले बढेर १५ करोड ९२ लाख ९४ हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा चुक्ता पुँजी ८६ करोड ९५ लाख ६८ हजार रुपैयाँ, जगेडा कोष ११ करोड ५५ लाख ३४ हजार, वितरणयोग्य नाफा २३.६५ प्रतिशतले घटेर ८ करोड ८ लाख १८ हजार रुपैयाँ, खराब कर्जा ०.७३ प्रतिशतले बढेर १.२२ प्रतिशत रहेको छ ।

असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २८ पैसाले घटेर १२ रुपैयाँ ८४ पैसा र प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ४६ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्