नबिललाई पच्छ्याउँदै ग्लोबल: एनआईसी र आरविविलाई एनआइएमबिले उछिन्यो, कुमारी, कृषि र प्रभु पनि एग्रेसिभ « Arthapath.com
३ श्रावण २०८०, बुधबार

नबिललाई पच्छ्याउँदै ग्लोबल: एनआईसी र आरविविलाई एनआइएमबिले उछिन्यो, कुमारी, कृषि र प्रभु पनि एग्रेसिभ



काठमाडौं । वाणिज्य बैंकहरुको नाफा वृद्धि भएको छ । वाणिज्य बैंकहरुले ६७ अर्ब बढी खुद नाफा कमाएका छन् । ११ महिनामा बैंकहरुले कुल ६७ अर्ब २३ करोड १५ लाख रुपैयाँ बढी नाफा कमाएका हुन् ।

नेपाल राष्ट्र बैंकबाट प्राप्त गत आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । बैंकहरुले नाफा एक महिनामै १७.५९ प्रतिशत अर्थात १० अर्ब ५ करोड ८८ लाख रुपैयाँले बढेको हो । गत बैशाख मसान्तसम्ममा बैंकहरुले ५७ अर्ब १७ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । तथ्याङ्क अनुसार नाफा वृद्धिमा बैंकहरुको उछिनपाछिन देखिएको छ । अधिकांश बैंकहरुबीच नाफा प्रतिस्पर्धा देखिएको छ । समिक्षा अवधिसम्म सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । दोस्रो स्थानमा ग्लोबल आइएमई छ । यस्तै, सो अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्नो पोजिशन बढाएको छ । यता, कुमारी, प्रभु, कृषि विकास बैंक लगायतले नाफा बढाउन आक्रामक देखिएका छन् ।

नाफामा नबिलको अग्रता कायमै, दोस्रो स्थानमा ग्लोबल आइएमई

नाफामा नबिल बैंकको अग्रता कायमै छ । समिक्षा अवधिमा सबैभन्दा धेरै नाफा नबिल बैंकको कमाएको छ । बैंकले ११ महिनामा ७ अर्ब ११ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

बैंकले एक महिनामै नाफा १६.२२ प्रतिशतले बढाएको छ । गत बैशाख मसान्तसम्ममा बैंकले ६ अर्ब १२ करोड ४ लाख रुपैयाँ नाफा कमाएको थियो । तथ्याङ्क अनुसार ग्लोबल आइएमई भने नाफामा दोस्रो स्थानमा छ । बैंकले ११ महिनामा ६ अर्ब ५० करोड ६३ लाख रुपैयाँ नाफा कमाएको हो । यसअघ अघि पनि बैंकको पोजिशन दोस्रो नै थियो ।

गत बैशाख मसान्तसम्मको तुलनाम ग्लोबलले २१.८१ प्रतिशतले नाफा वृद्धि गरेको हो । बैशाख मसान्तसम्ममा बैंकले ५ अर्ब ३४ करोड ११ लाख रुपैयाँ नाफा कमाएको थियो ।

एनआइएमबि एग्रेसिभ, पाँचौंबाट तेस्रो पोजिशनको यात्रा

समिक्षा अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबि) ले एनआईसी एशिया र राष्ट्रिय वाणिज्य बैंकलाई उछिनेको छ । बैशाख मसान्तसम्ममा पाँचौं स्थानमा रहेको एनआइएमबिले एक महिनामै तेस्रो स्थानमा आएको छ ।

एनआइएमबिले ११ महिनामा ४ अर्ब ७६ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत बैशाखको तुलनामा भने २२.२६ प्रतिशतले वृद्धि गरेको हो । गत बैशाखमा बैंकले ३ अर्ब ८९ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै, एनआईसी एशिया बैंकले ४ अर्ब ६३ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ । तर, गत बैशाख मसान्तसम्मको तुलनामा भने बैंकको नाफा सामान्य (५.४२) वृद्धि भएको हो । यता, राष्ट्रिय वाणिज्य बैंकले पनि ४ अर्ब ४७ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

६ वटा बैंकले कमाए ३ अर्ब माथि नाफा

समिक्षा अवधिमा आधा दर्जन बैंकहरुको नाफा ३ अर्ब माथि देखिएको छ। राष्ट्र बैंकका अनुसार एनएमबि बैंकले ३ अर्ब ३२ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस्तै, हिमालयन बैंकले ३ अर्ब २९ करोड ८९ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकले ३ अर्ब २१ करोड ६४ लाख रुपैयाँ नाफा कमाएका छन् ।

त्यसैगरि स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३ अर्ब ११ करोड ३९ लाख, नेपाल बैंकले ३ अर्ब ७ करोड ६२ लाख, एभरेष्ट बैंकले ३ अर्ब ६ करोड ६२ लाख रुपैयाँ नाफा कमाएका छन् ।

नाफा बढाउन कुमारी र प्रभु बैंक तातिए

नाफा वृद्धि कुमारी, कृषि विकास र प्रभु बैंक पनि अगाडि देखिएका छन् । गत बैशाख मसान्तसम्मको तुलनामा यी बैंकको नाफा उच्च दरमा वृद्धि भएको हो ।

समिक्षा अवधिमा कुमारी बैंकले ६२.५२ प्रतिशतले वृद्धि गरेको छ । बैंकले ११ महिनामा २ अर्ब ९५ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ ।

यस्तै, कृषि विकास बैंकको नाफा पनि २७.९१ प्रतिशतले बढाएर १ अर्ब ५६ करोड ३९ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा प्रभु बैंकको नाफा पनि २५.३२ प्रतिशतले वृद्धि भएको छ। प्रभुले ११ महिनामा २ अर्ब ८९ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको हो ।

अन्य कुनको कति ?


प्रतिक्रिया दिनुहोस्