मौद्रिक नीति कार्यान्वयन: सेयर धितो, सवारी र घर जग्गा कर्जाको जोखिम भार संशोधन, के-के भयो व्यवस्था ? « Arthapath.com
१२ श्रावण २०८०, शुक्रबार

मौद्रिक नीति कार्यान्वयन: सेयर धितो, सवारी र घर जग्गा कर्जाको जोखिम भार संशोधन, के-के भयो व्यवस्था ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयन सुरु गरेको छ । गत आइतबार केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को लागि मौद्रिक नीति जारी गरेको थियो ।

सोही मौद्रिक नीतिमा अवलम्वन गरिएका व्यस्थाहरुलाई केन्द्रीय बैंकले कार्यान्वयन सुरु गरेको हो । केन्द्रीय बैंकले सेयर धितो कर्जा, घर जग्गा तथा अटो कर्जाको जोखिम भार पुनरावलोकन गर्ने उल्लेख गरेको थियो । कर्जाको जोखिम भार सम्वन्धीका व्यवस्थामा राष्ट्र बैंकले संशोधन गरेको छ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले शुक्रबार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशिका २०७९ संशोधन/परिमार्जन गरेको हो ।

अब ५० लाख रुपैयाँसम्म सेयर धितोकर्जाको जोखिमभार शतप्रतिशत हुने भएको छ । यसअघि २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा मात्रै १०० प्रतिशत जोखिम भारको व्यवस्था रहेको थियो । तर, अब भने ५० लाख रुपैयाँसम्मको कर्जामा जोखिम भार शतप्रतिशत हुने राष्ट्र बैंकले निर्देशन मार्फत जनाएको छ ।

राष्ट्र बैंकका अनुसार ५० लाख रुपैयाँभन्दा माथिको सेयर धितो कर्जामा १५० प्रतिशत जोखिम भार कायम नै गरेको छ । यता, २५ लाख रुपैयाँसम्मको हायरपर्चेज तथा अटो लोनमा पनि शतप्रतिशत जोखिम भारको व्यवस्था गरिएको छ । तर, २५ लाख रुपैयाँभन्दा माथि हायरपर्चेज तथा अटो कर्जाको जोखिम भार र १५० प्रतिशत कायम भएको छ । यसअघि पनि सोही व्यवस्था रहेको थियो ।

यस्तै, विभिन्न संस्था तथा विकास आयोजनाको जग्गा प्राप्तिका लागि जग्गा धितो कर्जामा १०० प्रतिशतसम्म जोखिम भार कायम हुने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।

यस्तो राष्ट्र बैंकले जारी गरेको निर्देशन


प्रतिक्रिया दिनुहोस्