राष्ट्र बैंकले घटायो ब्याजदर करिडोरको तल्लो सीमा, अब नीतिगत दर ६.५ प्रतिशत « Arthapath.com
१२ श्रावण २०८०, शुक्रबार

राष्ट्र बैंकले घटायो ब्याजदर करिडोरको तल्लो सीमा, अब नीतिगत दर ६.५ प्रतिशत



काठमाडौं । बैंकको ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा रहने निक्षेप संकलन दरलाई राष्ट्र बैंकले घटाएको छ । राष्ट्र बैंकले यस्तो दरलाई एक प्रतिशत बिन्दुले घटाएर ६.५ कायम गरेको छ ।

गत आइतबार केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८०/८१ का लागि जारी मौद्रिक नीति कार्यान्वयन गर्दै यस्तो व्यवस्था लागू गरेको हो ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले शुक्रबार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशिका २०७९ संशोधन/परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् निक्षेप सङ्कलन दर र नीतिगत दर घटाउने निर्णय गरेको थियो ।

वाणिज्य बैंकहरुको निक्षेप संकल दर घटाएसंगै रिपो दर शून्य दशमलव ५० प्रतिशत बिन्दुले घटेको छ । यसअघि वाणिज्य बैंकहरुमा ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर ७.५ प्रतिशत थियो । यता, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दर ५.५ प्रतिशत र नीतिगत दरको रुपमा रहेको रिपो दर ७ प्रतिशत थियो ।

राष्ट्र बैंकले स्थायी तरलता सुविधा दरलाई भने ७.५ प्रतिशतमा यथावत राखेको छ । तर, तल्लो सीमाको रुपमा रहेको निक्षेप सङ्कलन दरलाई ४.५ प्रतिशत पुर्‍याइएको छ । त्यस्तै, नीतिगत दरको रुपमा रहेको रिपो दरलाई ६.५ प्रतिशत कायम गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्