रिलायन्स फाइनान्सको साधारण सभा आज बस्दैं, के के छन् एजेण्डा « Arthapath.com
३१ असार २०८०, आईतवार

रिलायन्स फाइनान्सको साधारण सभा आज बस्दैं, के के छन् एजेण्डा



काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले १३औं वार्षिक साधारण सभा आज (असार ३१ गते) बस्दैंछ। सभा स्मार्ट दरवार व्यांक्वेट, धुम्कबाराही,काठमाडौंमा बस्ने आव्हान गरेको हो ।

सभामा आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन पारित गर्नेछ । सभामा आर्थिक वर्ष २०७८र७९का लागि प्रस्तावित लाभांश ६।५ प्रतिशत बोनस सेयर र कर प्रयोजनाको ०।३४ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।

बोनस शेयर वितरणपछि जारी पुँजी र चुक्तापुँजी बढ्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावली संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गरेको छ । सभाले सञ्चालक समितिका प्रतिनिधित्वमा गर्ने संस्थापक र सर्वसाधारणका तर्फबाट ३–३ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि असार २० गते बुक क्लोज गरेको छ ।


प्रतिक्रिया दिनुहोस्