मल्टीपर्पस फाइनान्सले समय मै साधारण सभा गर्न नसक्ने « Arthapath.com
२४ पुष २०८०, मंगलवार

मल्टीपर्पस फाइनान्सले समय मै साधारण सभा गर्न नसक्ने



काठमाडौँ । । मल्टीपर्पस फाइनान्स लिमिटेडले साधारण सभाका लागि चैत मसान्तसम्मको अवधि थप गर्न आग्रह गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डलाई वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पेस गर्न चैत मसान्तसम्मको अवधि माग गरेको हो ।

गत आर्थिक वर्ष ०७९।८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृतिको प्रक्रियामा रहेकाले बोर्डमा पेस गर्न ढिलाइ भएको जानकारी कम्पनीले दिएको छ ।


प्रतिक्रिया दिनुहोस्