सिवाईसी नेपालको नाफा ४४.७३ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी कति ? (विवरणसहित) « Arthapath.com
२० कार्तिक २०७९, आईतवार

सिवाईसी नेपालको नाफा ४४.७३ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी कति ? (विवरणसहित)



काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीले चालु आवको पहिलो त्रैमासमा १ करोड ५१ लाख ३७ हजार रुपैयाँ नाफा कमाएको छ । यद्यपि, कम्पनीको यो नाफा गत वर्षको असोज मसान्तसम्मको तुलनामा ४४.७३ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा कम्पनीले २ करोड ७३ लाख ८५ हजार रुपैयाँ नाफा गरेको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३६.०९ प्रतिशतले वृद्धि भई ६ करोड ४ लाख ३८ हजार रुपैयाँ पुगेको छ । कम्पनीको संचालन नाफा पनि २ करोड ४२ लाख ८१ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पुँजी १२ करोड १६ लाख ४१ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने २९ करोड ५९ लाख ५० हजार रुपैयाँ राखेको छ ।

कम्पनीले खराब कर्जा भने सुधार गरेको छ । गत वर्षको असोज मसान्तसम्ममा ३.१२ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा भने २.८७ प्रतिशतमा झरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४९ रुपैयाँ ७८ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ३४३ रुपैयाँ ३० पैसा रहेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्