यस्तो छ समता घरेलु लघुवित्तको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण « Arthapath.com
२९ माघ २०७९, आईतवार

यस्तो छ समता घरेलु लघुवित्तको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण



काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार नाफासँगै अन्य सूचक पनि ओराला लागेका छन् ।

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा १९.५१ प्रतिशतले घटेर २ करोड ८५ लाख ९७ हजार रुपैयाँमा सिमिति भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनकिो खुद नाफा ३ करोड ५५ लाख २७ हजार रुपैयाँ रहेको छ ।

खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेकाले खुद नाफा प्रभावित भएको हो । खुद ब्याज आम्दानी १६.०१ प्रतिशतले घटेर ९ करोड ३८ लाख ८५ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ११ करोड ७१ लाख ४४ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, सञ्चालन नाफा १९.५१ प्रतिशतले घटेर ४ करोड ५३ लाख ९२ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सो अवधिमा भने कम्पनीको संचालक नाफा ५ करोड ६३ लाख ९२ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको जगेडा ८२.१७ प्रतिशतले घटेर २६ करोड ३८ लाख ४४ हजा रुपैयाँ, निक्षेप संकलन १ अर्ब १७ करोड ९१ लाख रुपैयाँ र सापटी १ अर्ब ५२ करोड २५लाख रुपैयाँ रहेको छ ।

पुस मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ०३ पैसाले घटेर १६ रुपैयाँ ६९ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ ९८ पैसा छ ।

समता घरेलु लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्था मर्जर प्रक्रियामा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्