लाभांश पारितका लागि लक्ष्मी लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ? « Arthapath.com
३ फाल्गुन २०७९, बुधबार

लाभांश पारितका लागि लक्ष्मी लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले ११औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको फागुन २ गते बसेको संचालक समितिको बैठकले फागुन २९ गते अग्रवाल भवन कमलपोखरी काठमाडौंमा बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले प्रस्ताव गरेको ५ प्रतिशत नगद र १५ प्रतिशत बोनस लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेुका साथै चालु आर्थिक वर्ष २०७९।०८० को लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना संचालक नियुक्त गर्ने कार्य सूची समेत सभाको कार्यसूचीमा समावेश गरीको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १६ गते बुक क्लोज गर्ने भएको हुदाँ फागुन १५ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्ने सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्