छुट्नु होला नि ! एक लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन नजिकियो « Arthapath.com
७ फाल्गुन २०७९, आईतवार

छुट्नु होला नि ! एक लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन नजिकियो



काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (फागुन ८ गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनको लागि फागुन १० गते एक दिन बुक क्लोज गर्ने भएको हुदाँ फागुन ८ गते सम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्ने सक्नछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस र ६.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले २१औं वार्षिक साधारण सभा फागुन १९ गतेका लागि बोलाएको छ । सभा लैनचौर ब्याक्वेट काठमाडौंमा बिहान १०ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।

साथै उक्त सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०७९।०८० को लेखापरिक्षण गर्नका लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै, सेयर संरचना परिमार्जन गरी ६० प्रतिशत संस्थापक सेयर र सर्वसाधारण सेयर ४० प्रतिशत कायम गर्ने प्रस्ताव पनि पेश हुनेछ । अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।


प्रतिक्रिया दिनुहोस्