साना किसान विकास लघुवित्तले हात पार्यो बेष्ट म्यानेजमेन्ट टिम अवार्ड « Arthapath.com
१४ बैशाख २०८०, बिहीबार

साना किसान विकास लघुवित्तले हात पार्यो बेष्ट म्यानेजमेन्ट टिम अवार्ड



काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले बेष्ट म्यानेटमेन्ट टिम अवार्ड प्राप्त गरेको छ । बैशाख ८ गते नेपाल सरकार अर्थ मन्त्रालय र एशियाली विकास बैंकले गोकर्ण फरेस्ट रिपोर्टमा सयुक्त रुपमा आयोजना गरेको Country Portfolio Review Meeting बाट उक्त अवार्ड प्राप्त गरेको हो ।

लघुवित्तले आज अर्थात बैशाख १४ गते एक पत्रकार सम्मेलन गर्दै उक्त अवार्डले संस्थाको गरिमा बढाउनुका साथै थप जिम्मेवारी प्रदान गरेको बताएको छ । गाउँ गाउँमा गरिब किसान लगायतका घाउमा मलम लगाउने कार्यलाई थप प्रोत्सान मिलेको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत शिवराम प्रसाद कोइरालाले बताए । लघुवित्तको सेवा देशका ग्रामिण भेग देखि सहर गरेर १० लाख ७९ हजारको परिवारमा पुगेको र अबको १० वर्ष पछि २२ लाख परिवारको घरमा लघुवित्तको सेवा पुराउनले लक्ष्य रहेको कोइरालाले बताए ।

साथै, लघुवित्त मार्फत कार्यक्रम कार्यान्वयन गर्ने गरी नेपाल सरकार र एशियाली विकास बैङ्कबिच २०१९ डिसेम्बर १० मा भएको ग्रामीण उद्यम लगानी परियोजना सम्झौता नेपाल सरकार, अर्थ मन्त्रालय र वित्तीय संस्था बीच २०७७ बैशाख ७ गते सम्पन्न सहायक ऋण सम्झौता बमोजिम पाँच करोड अमेरिकी डलर राशिको यो ऋण परियोजनाले नेपालका मझौला तथा साना किसान उद्यमीको सुलभ कर्जामा सहज पहुँच सुनिश्चित गरी कृषि उद्यमको विकासको दिशामा प्रभावकारी परिणाम दिएको छ । नेपाल राष्ट्र बैंकबाट स्वकृति लिई सञ्चालित यस परियोजनाबाट हाल सम्म ९३० व्यक्तिगत परियोजना तथा ३० वटा सामुहिक परियोजनाबाट मात्र पनि २ अर्ब ३० करोड रकम लगानी भएको छ ।

साना किसानको स्वामित्व र साना किसानबाटै सञ्चालन तथा व्यवस्थापन भई अति न्यून शिरोभार खर्चमा ग्रामीण गरिबको जिवनस्तर सुधारमा सहयोग गर्ने साना किसान सहकारी संस्था जस्तो ग्रामीण लघुवित्त संस्थाको नमूना र यसको भूमिकालाई कदर गर्दै विश्व बैक अन्तर्गतको Consultative Group To Assist The poor र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषबाट यस बैक सन् २००३ मा पुरस्कृत भएको छ । उक्त ५० हजार अमेरिकी डलर राशिको पुरस्कार रकमलाई अक्षय कोषमा राखी सो को परिचालनबाट अनुसरण कार्यक्रम सञ्चालन गराई थप विपन्न वर्गलाई लघुवित्त सेवाको पहुँचमा ल्याउने कार्य संस्थाबाट हुँदै आएको छ ।

त्यस्तै, सन् २०१४ को 2nd Newbiz Business Conclave and Award-1014 को Best Managed Microfinance Company Of The Year बाट संस्था सम्मानित भएको छ । नेपाल सरकार अर्थ मन्त्रालय र एसियाली विकास बैङ्गले सन् २०२० मा कोभिडको सङ्कटकालीन अवस्थामा पनि ग्रामीण उद्यम लगानी परियोजना प्रभावकारी रुपमा कार्यान्वयन गरेवापत सम्मान स्वरुप प्रमाणपत्र प्रदान गरेको छ ।


प्रतिक्रिया दिनुहोस्