ग्लोबल आइएमई लघुवित्तले ग्राहक सदस्यहरुको व्यवसाय पुर्नस्थापनमा सहयोग « Arthapath.com
१४ बैशाख २०८०, बिहीबार

ग्लोबल आइएमई लघुवित्तले ग्राहक सदस्यहरुको व्यवसाय पुर्नस्थापनमा सहयोग



काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्ना ग्राहक सदस्यहरुको व्यवसाय पुर्नस्थापनमा सहयोग गरेको छ ।

संस्थाले विभिन्न शाखाका समूहमा आबद्ध भई पेशा/व्यवसाय शुरु गरेका ऋणी सदस्यहरु जसले कोरोना महामारी, आर्थिक मन्दी जस्ता कारणले व्यवसायलाई निरन्तरता दिन नसकी परियोजना बन्द गर्नु पर्यो उनीहरुको व्यवसायलाई पुनस्र्थापन गर्दै रोजगारी सृजना गर्ने उद्देश्यका साथ यस किसिमको कार्यक्रम ल्याएकम्पनीले जानकारी दिएको छ ।

संस्थाले पहिलो चरणमा ९ वटा शाखाका ऋणी सदस्यहरुको व्यवसाय पुर्नस्थापनाको लागि आवश्यक सहयोग सामग्री वितरण गरेको छ । संस्थाले ऋणीहरुले सञ्चालन गरेका परियोजनामा कुन किसिमको समस्याआई व्यवसाय बन्द भएको हो सोको निरीक्षण गरी वास्तविकताको आधारमा आवश्यक प्राविधिक एवं भौतिक सहयोग गरेको हो ।

असल नियत भएका तर वास्तविक समस्याको कारण व्यवसाय पूर्ण रुपले बन्द भइसकेका सदस्यहरुलाई पुन ः स्वरोजगार बनाउन यस कार्यक्रमले सहयोग गर्ने विश्वास लिइएको छ । वित्तीय संस्थाले सातै प्रदेशमा रहेका शाखाहरु मार्फत यस किसिमको कार्यक्रम सञ्चालन गरी सहयोग गर्ने जानकारी गराएको छ ।


प्रतिक्रिया दिनुहोस्