खस्कियो जीवन विकास लघुवित्तको मुनाफा: अधिकांश सूचक ओरालो, प्रतिसेयर आम्दानी कति ? « Arthapath.com
२६ बैशाख २०८०, मंगलवार

खस्कियो जीवन विकास लघुवित्तको मुनाफा: अधिकांश सूचक ओरालो, प्रतिसेयर आम्दानी कति ?



काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरको विवतरण अनुसार मुनाफामा गिरावट आएको छ ।

चैत मसान्तसम्मको अवधिमा कम्पनीको मुनाफा ४६.११ प्रतिशतले घटेर ३२ करमेड ९२ लाख २३ हजार रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको ६१ करोड ९ लाख ९७ हजार रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८७ करोड २८ लाख ५३ हजार रुपैयाँ संचालन नाफा गरेको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा उक्त नाफा ४६.१२ प्रतिशतले घटेर ४७ करोड ३ लाख १९ हजार रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ५.५४ प्रतिशतले घटेर १ अर्ब १९ करोड १ लाख ५६ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १ अर्ब २५ करोड ९९ लाख ७३ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी १ अर्ब १८ करोड २० लाख ३४ हजार रुपैयाँ, जगेडा कोष १४.९६ प्रतिशतले बढेर १ अर्ब ९ करोड ४८ लाख ९३ हजार रुपैयाँ, सापटी ८.२० प्रतिशतले घटेर ८ अर्ब ७० करोड ३९ लाख ९५ हजार रुपैयाँ रहेको छ ।

चैत समान्तसम्मको अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ १४ पैसा र प्रतिसेयर नेटवर्थ २६१ रुपैयाँ ४५ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्