आरएसडीसी लघुवित्तले बुक क्लोजको मिति तय « Arthapath.com
१९ कार्तिक २०८०, आईतवार

आरएसडीसी लघुवित्तले बुक क्लोजको मिति तय



काठमाडौँ । आरएसडीसी लघुवित्तले बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि मंसिर ७ गते बुक क्लोज गर्ने भएको हो । जस कारण मंसिर ६ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने सक्नेछन् ।

कम्पनीले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ८.६० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

कम्पनीले मंसिर १५ गते वार्षिक साधारण सभा डाकेको छ ।


प्रतिक्रिया दिनुहोस्