१० करोड ४१ लाख नाफा कमाएको नेशनल लघुवित्तको वितरणयोग्य नाफा भने साढे ३८ करोड, अन्य सूचक कस्ता ? « Arthapath.com
२८ माघ २०८०, आईतवार

१० करोड ४१ लाख नाफा कमाएको नेशनल लघुवित्तको वितरणयोग्य नाफा भने साढे ३८ करोड, अन्य सूचक कस्ता ?



काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले ६ महिनामा साढे १० करोड नाफा कमाएको छ । कम्पनीले आइतबार प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीले १० करोड ४१ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । तर, यो नाफा गत वर्षको तुलनामा भने ३५.५४ प्रतिशत कमी हो । गत आवको सोही अवधिमा कम्पनीले १६ करोड १६ लाख ५७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

नाफा घटेपनि कम्पनीको ब्याज आम्दानी भने ९.३३ प्रतिशत बढेको छ । समिक्षा अवधिमा कम्पनीले यस्तो आम्दानी ३५ करोड ३१ लाख ७७ हजार रुपैयाँ पुगेको छ । कम्पनीको संचालन नाफा पनि ३५.५४ प्रतिशत घटेर १४ करोड ८८ लाख ५५ हजार रुपैयाँ कायम भएको छ । हाल कम्पनीको वितरणयोग्य नाफा ३८ करोड ५२ लाख रुपैयाँ छ । कम्पनीसँग हाल ३.७४ प्रतिशत खराब कर्जा छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८ करोड ४२ लाख रुपैयाँ छ । कम्पनीले जगेडा कोषमा भने १ अर्ब २६ करोड ४३ लाख रुपैयाँ राखेको छ ।

समिक्षा अवधिमा कम्पनीको निक्षेप संकलन भने १५.८४ प्रतिशत बढेर ५ अर्ब २४ करोड ७ लाख १४ हजार रुपैयाँ कायम भएको छ ।कर्जा लगानी पनि ९.६३ प्रतिशत बढेर १८ अर्ब ३६ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।

हाल कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ २२ पैसा छ । तर, गत आवको दोस्रो त्रैमासमा कम्पनीको यस्तो आम्दानी ५५ रुपैयाँ ५७ पैसा थियो । यता, प्रतिसेयर नेटवर्थ भने २५३ रुपैयाँ ८८ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्