महुली लघुवित्तको सार्वजनिक सुनवाई कार्यक्रम « Arthapath.com
१ फाल्गुन २०८०, मंगलवार

महुली लघुवित्तको सार्वजनिक सुनवाई कार्यक्रम



काठमाडौं । अग्नीसाइर कृष्णासवरन गाउँपालिका ६, महुली सप्तरीमा केन्द्रीय कार्यालय रहेको महुली लघुवित्तले वित्तीय अनुशासन तथा वित्तीय स्थायित्वका लागी सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले गत मंसिर १९ देखि २८ सम्म र माघ २३ देखि २८ गते सम्म चरण वद्धरुपमा कोशी प्रदेश र मधेश प्रदेशमा कार्यक्रम सञ्चालन गरिएको हो । २९ वटा जिल्लाको १०८ वटा स्थानमा सञ्चालन भएको कार्यक्रममा करिब तेह् हजार भन्दा बढि स्थानीय, सेवाग्राही सदस्य, अभिभावक तथा बुद्धिजिविहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा स्थानीय निकाय, नेपाल प्रहरी र संस्थाको त्रिपक्षिय संलग्नता रहेको कार्यक्रममा स्थानीय निकायले स्थानीय स्तरमा उपलब्ध तालिम, महिला उद्यमशिलता कार्यक्रम तथा अनुदानका कार्यक्रमहरु, लघुवित्त संस्थाको महत्तव, कर्जा सदुपयोगीताको बारेमा सहजिकरण, र नेपाल प्रहरी सँग सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत लगू औषध दुव्र्यसनि, बाल बिबाह, महिला हिंसा न्यूनिकरण, वित्तीय अपराधका विषयमा जनचेतना लगायतको विषयमा सहजीकरण गरिएको छ ।

यस्तै संस्थाले वित्तीय शिक्षा, बैंकका प्रकार, बचतको महत्तव, कर्जा सदुपयोगीता, वीमाको महत्तव, आम्दानी, इच्छा र आवश्यकता, खर्च, सफा नोट निति, उद्यमशिलता, महिला अर्थिक सबलिकरण, कार्जा मिनाहाको अफवा, मिथ्या सुचना, अनुचित लेनदेन लगाएतको विषय तथा संस्थाको सेवा सुविधा उत्कृष्ट बनाउन सुझाव, संर्घष तथा सदुपयोगीताको कथा लगाएतको विषयमा अन्र्तक्रियात्मक ढंगले तथा भिडियो प्रर्दशनी गरेर सहजिकरण गरिएको थियो ।

कार्यक्रममा सेवाग्राही सदस्यले कर्जा सदुपयोग गरि उत्पादन गरिएको सामाग्रीहरु प्रर्दशनी, बजार व्यवस्थापनको कठिनाईको विषय स्थानीय निकायसँग छलफल, उत्कृष्ट ऋणी तथा बचतकर्तालाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रमहरुमा स्थानीय निकायको तर्फबाट प्रदेश संसाद, नगर प्रमुख, नगर उप–प्रमुख, गउँपालिका प्रमुख, गाउँपालिका उप–प्रमुख, वडा अध्यक्ष, वडा सदस्यहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।

कार्यक्रममा उपस्थित स्थानिय जननिर्वाचित जन प्रतिनिधिहरुले विभिन्न बाहानामा राजनितिक तथा गैराजनितिक मनशायका साथ समाजमा कर्जा मिनाहाको नाममा विभिन्न नाराबाजि, जुलुस तथा अन्य भौतिक आक्रमण जस्ता गैरकानुनी गतिविधि गर्दै समाजमा चन्दा आतंक सिर्जना भइरहेको प्रति सचेत गराउदै देशको सामाजिक तथा आर्थिक गतिविधिमा खलबल गर्ने कार्यमा विश्वास नगर्न साथै यस्ता प्रकृतिका व्यक्ति तथा समुहलाई आवश्यक कार्वाहि हुने बताएका थिए ।


प्रतिक्रिया दिनुहोस्