कहिलेदेखि गर्दैछन् सामुदायिक र बीपीडब्लु लघुवित्तले एकीकृत कारोबार ? « Arthapath.com
१० फाल्गुन २०८०, बिहीबार

कहिलेदेखि गर्दैछन् सामुदायिक र बीपीडब्लु लघुवित्तले एकीकृत कारोबार ?



काठमाडौं । सामुदायिक र बीपीडब्लु लघुवित्त एकीकृत कारोबारका लागि मिति तय गरेका छन् । यी दुवै कम्पनी एक आपसमा गाभिएर आगामी फागुन २४ गतेदेखि एकीकृत कारोबार थालनी गर्ने भएका हुन् ।

कम्पनीले मर्जपछि सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार हुनेछ । दुवै कम्पनी १:०.८५३५ सेयर स्वाप अनुपातमा मर्ज भई एकीकृत व्यवसायिक कारोबार थालनी गर्ने भएका छन् ।

दुवै कम्पनीलाई मर्जरमा जान नियामक निकाय नेपाल राष्ट्र बैंकबाट पनि अन्तिम स्वीकृति प्रदान भएको छ । राष्ट्र बैंकले माघ २४ र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन ८ गते अन्तिम स्वीकृति दिइसकेको छ । यता, नेपाल धितोपत्र बोर्डले पनि बुधवार मात्रै मर्जरको स्वीकृति दिएको छ ।

कम्पनीको केन्द्रीय कार्यालय बनेपा नगरपालिका वडा नं १४ मा रहने छ । सामुदायिक र बीपीडब्लु लघुवित्तबीच मर्जरको लागि कात्तिक २ गते अन्तिम सम्झौता सम्पन्न भएको थियो ।

1708576170663


प्रतिक्रिया दिनुहोस्