मेरो माइक्रोफाइनान्सद्धारा वित्तीय साक्षरता « Arthapath.com
२० चैत्र २०८०, मंगलवार

मेरो माइक्रोफाइनान्सद्धारा वित्तीय साक्षरता



काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले एक दिने केन्द्र प्रमुख तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा संस्थाको मधेस अनुगमन कार्यालय, सुनसरी अन्तर्गतका शाखा कार्यालयहरु मधेस र लौकही, सुनसरीले १५० भन्दा बढी सदस्यहरुको सहभागिता रहेको थियो ।

इनरुवा नगरपालिकाको नगर प्रमुख केदार भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाले प्रदान गर्दै आएको सेवा सुविधामा समाधान गर्दै वित्तीय साक्षरता अभिबृद्धिका माध्यमले विवेकशिल वित्तीय जागरण गराउने कार्यक्रमको उद्धेश्य रहेको मधेसा अनुगमन कार्यालयका प्रमुख सागर भण्डारीले बताए ।

त्यस्तै वित्तीय साक्षरता तालिममा ग्राहक सदस्यलाई बचतको महत्व, कर्जाको उपयोगिता, विमा, रेमिटान्स, आधुनिक बैंकिग प्रणालीको विकास सगै बढ्दो बैकि∙ं जालसाझी बारेजानकारी गरिएको थियो । उत्त कार्याक्रममा उत्कृट समुह जमानी मार्फत संस्था सगं वित्तीय कारोबार गर्ने केन्द्रहरुलाई समेत पुरुस्कृत गरिएको संस्थाले जनाएको छ ।

सो कार्यक्रम भोक्राहा नरसिह गाउँपालिकाको उपमेयर सुनिता कुमारी उराउ र इनरुवा नगरपालिका वडा नं ६ को वडाध्यक्ष सुमन थापा बिशेष आतिथ्यता रहेको थियो । उहाहरुले संस्थाहरुले जनताको घरदैलोमा पुगेर सहज र सरल रुपमा वित्तीय सेवा प्रदान गरिरहेकोमा शुभकामना ब्यक्त गरेका थिए ।

मेरो माइक्रफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रही देशका ७ वटै प्रदेशमा १४९ शाखा कार्यालयमार्फत लघुवित्त सेवा प्रदान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्