विजय लघुवित्तले बनायो सेयरधनी निराश, यो वर्ष लाभांश नदिने

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुको हात रित्तो बनाएको छ ।कम्पनीले यो वर्ष आफ्ना सेयरधनीहरुलाई कुनै पनि लाभांश नदिने भएको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट सेयरधनी कुनै पनि लाभांश नदिने निर्णय गरेको छ । असार १ गते शनिबार बसेको कम्पनी संचालक समितिको बैठकले सो निर्णय गरेको हो ।